१० श्रावण २०८१, बिहीबार

कैलालीका काँग्रेस सभापति शाहको वडामा सबै निविरोध




धनगढी / नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नरनारायण शाह क्रियाशिल सदस्य रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा वडा सभापति सहितको कार्यसमिति र ६९ जना क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार विहान भएको वडा अधिवेशनबाट वडा र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन । सो वडामा गणेश वम सभापति छानिएका छन् । उनको नेतृत्वमा ३२ सदस्यीय कमिटी बनेको छ ।

यस्तै गरेर सो वडाबाट ६९ जना क्षेत्रीय प्रतिनिधि छानिएका छन् । सभापति शाह, प्रदेश सभा सदस्यहरु टेकबहादुर रैका र दिव्वेश्वरी शाह भने स्वतह प्रतिनिधि हुने व्यवस्था अनुसार स्वतह प्रतिनिधि छानिएका छन् ।

सो वडाबाट वर्तमान जिल्ला सचिव पूर्ण कुँवर, प्रचार विभाग प्रमुख नृप सुनार पनि क्षेत्रीय प्रतिनिधि छानिएका छन् ।

प्रतिनिधि छानिनेमा वडाअध्यक्ष नरबहादुर वम, यादवप्रसाद जोशी, भीमबहादुर शाह, यज्ञराज उपाध्याय, गजराज पाण्डे, वसव्यवसायी टेकराज जोशी, कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझा, व्यवसायी हिक्मत शाह लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार