१० श्रावण २०८१, बिहीबार

नेपाली काँग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन शुरु



धनगढी / नेपाली कांग्रेको १४ औं महाधिवेशन अन्तरगत कैलालीमा आजदेखि वडा अधिवेशन शुरु हुने भएको छ ।

दुई पटक मिति तय भए पनि कैलालीसहित देशका १३ वटा जिल्लामा अधिवेशन शुरु हुन सकेको थिएन । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको छ । कैलाली काँग्रेसले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि अधिवेशनको तयारीबारे जानकारी गराएको छ ।

आजदेखि जिल्लाका सबै एक सय २६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाह (मनु) ले बताए । सभापति शाहले अधिवेशनका लागि सवै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताए । महाधिवेशन सफल बनाउन एक हजार पाच सय एक जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको छ । कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको छ ।

सभापति शाहले शनिबारदेखि हुन लागेको अधिवेशनलाई भव्य र सभ्य रुपमा सफल बनाइने बताए । ‘जिल्लाका केही वडामा निर्वाचन हुने देखिएको छ’ उनले भने– ६० देखि ६५ वडामा सर्वसम्मत रुपमै कार्यसमिति चयन गरिन्छ । धेरै जनसंख्या भएको ठाउ“मा चुनावी माहोल रहेको छ ।’

उनका अनुसार वडा कार्यसमिति पदाधिकारी सात जना गाउँपालिका वडाबाट २२ जना, नगरपालिकाबा २७ जना, उपमहानगरपालिकामा ३२ जना, कोषाध्यक्ष सदस्यबाट मनोनि, सभापतिले २० प्रतिशत मनोनयन गर्ने छ ।

कैलाली सभापति शाहले वडा अधिवेशनको अन्तिम नामावली कार्तिक २८ गते भित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको बताए ।

यसैगरी मंसिर ३ गते प्रदेशसभा अधिवेशन, मंसिर ६ गते संघिय अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते प्रदेश स्तरिय अधिवेशन गर्ने तालिका रहेको सभापति शाहले बताए ।

कैलालीमा नेपाली कांग्रेसका १८ हजार दुई सय ७३ क्रियाशिल सदस्य रहेका छन् । जिल्लाको सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा क्रियाशिल सदस्य रहेका छन् । पार्टी कार्यालयका अनुसार धनगढीमा एक हजार एक सय २९ महिला र तीन हजार तीन सय ७४ पुरुष गरी चार हजारपाँच सय तीन क्रियाशिल सदस्य रहेका छन् ।

सबैभन्दा विवादित क्षेत्र टीकापुर नगरपालिकामा एक हजार पाँच सय ७२ क्रियाशिल सदस्य कायम गरिएको छ । यो नगरपालिकाका पाँच सय ७६ नयाँ सदस्य समावेश गरिएको छैन ।

यस्तै, गोदावरी नगरपालिकामा एक हजार नौ सय ९०, गौरिगंगा नगरपालिकामा आठ सय ६२, घोडाघोडी नगरपालिकामा एक हजार दुई सय ७०, लम्की चुहा नगरपालिकामा एक हजार छ सय ७३ र भजनी नगरपालिकामा नौ सय ५२ क्रियाशिल सदस्य रहेका छन् ।

यस्तै, चुरे गाउँपालिकामा पाँच सय ४९, मोहन्याल गाउँपालिकामा तीन सय ९५, बर्दगोरिया गाउँपालिकामा पाँच सय ११, जानकी गाउँपालिकामा एक हजार पाँच सय २३, जोशीपुर गाउँपालिकामा छ सय ८१ र कैलारी गाउँपालिकामा एक हजार ६३ जना रहेका छन् ।

सभापति शाहले दुई हजार पाँच सयको हाराहारीमा क्षेत्रीय र प्रदेश प्रतिनिधी आउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार