१० श्रावण २०८१, बिहीबार

काँग्रेसको पालिका अधिवेशन आज हुँदै



सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकामा धनगढीको नगर सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् ।

धनगढी / नेपाली काँग्रेस कैलालीको पालिकास्तरिय अधिवेशन आजदेखि शुरु हुँदै छ ।

कार्तिक २७ गतेबाट शुरु भएको अधिवेशन अन्तरगत वडा अधिवेशन सम्पन्न भएपछि आजदेखि पालिका स्तरिय अधिवेशन गर्न लागेको हो ।

वडा अधिवेशनमा अधिकांस वडामा सर्वसम्मत कार्यसमिति तथा प्रतिनिधी छनौट गरेको पार्टीले पालिकामा पनि सर्वसम्मत ढंगले पदाधिकारी चयन गर्ने तयारी गरेको जनाइएको छ ।

‘हामीले पालिकामा सर्वसम्मत ढंगलेनै पदाधिकारी चयन गराउन छलफल गरिरहेका छौं’ पार्टीका प्रचार–प्रसार विभाग प्रमुख नृपबहादुर सुनारले भने सोमबार साँझसम्म गौरीगंगा नगरपालिकामा चुनाव हुने देखिएको छ । अन्यमा छलफल भइरहेको छ ।

प्रदेशकै एकमात्र उपमहानगरपालिकामा नगर सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले धनगढीको सभापतिका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी दिएका हुन् ।

कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएसंगै पालिका र क्षेत्रीय अधिवेशनका लागि दौडधुप बढेको छ । आज हुने पालिका अधिवेशनका लागि उनले धनगढीको सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले पार्टीका शिर्ष नेताहरुकै छलफलबाट आफुले नगर सभापति आउन लागेको बताए । पार्टीको आन्तरिक छलफल गरेर मैले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ उनले भने पार्टीका सबैले मलाई नै सर्वसम्मत ढंगले पार्टीको नगर सभापतिमा ल्याउने छन् ।

यज्ञराज उपाध्याय

यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को सभापतिका लागि नेता भीम पडालले उम्मेदवारी घोषणा गरेका छन् । कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ ।

यस्तै, नेपाली धनगढी‐६ का डण्डीराज सुवेदीले काँग्रेसको धनगढी उपमहानगरपालिका कार्यसमिति सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको जिल्ला नेतृत्व र यहाँका नेता, कार्यकर्तासँगको सल्लाहमै आफूले सचिव पदमा उम्मेदवारी दिने सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार