५ जेष्ठ २०८१, शनिबार

नेपाली काँग्रेस धनगढीको सभापतिमा उपाध्याय निर्विरोध चयन



धनगढी । नेपाली काँग्रेसको धनगढी नगर अधिवेशनबाट सभापतिमा यज्ञराज उपाध्याय निर्विरोध चयन भएका छन् ।

आज बुधबार बिहान ८ बजेदेखि भएको धनगढी नगर अधिवेशनबाट नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका कार्यसमितिको सभापतिमा उपाध्याय निर्विरोध चयन भएका हुन् ।

नगर सभापतिका लागि निर्माण व्यवसायी सङ्घ कैलालीका अध्यक्ष समेत रहेका यज्ञराज उपाध्याय र रुपेश स्वारले उम्देबारी दिएका थिए । नेपाल विद्यार्थी सङ्घबाट नेपाली काँग्रेसको राजनीतिमा उपाध्याय सक्रिय भएका थिए ।

हेर्नुस थप समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार