५ जेष्ठ २०८१, शनिबार

काँग्रेस १४ औं महाधिवेशन : कैलालीका पालिका अधिवेशनमा सभापतिमा को कहाँ भिड्दै



मोहन्याल गाउँपालिकामा कांग्रेसका कमलबहादुर साउँद सभापतिमा ७५ मत ल्याएर विजयी भएका छन् । मंगलबार भएको मतदानमा प्रेम बुचामगर २७ मतलाई पराजित गर्दै साउँद सभापतिमा निर्वाचित भएका हुन ।


धनगढी / नेपाली काँग्रेस कैलालीको पालिका स्तरीय अधिवेशन अन्तर्गत आठ वटा पालिकामा मंगलबार अधिवेशन भएको छ ।

१३ वटा स्थानीय तह रहेको कैलालीमा चार वटा पालिकामा अधिवेशन हुनसकेन भने एउटा पालिकामा दुई पक्षबीचको विवादका कारण स्थगित भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध गर्दै नेकपा माओवादी विप्लवले आह्वान गरेको बन्दका कारण चार वटा पालिकामा अधिवेशन हुन नसकेको अधिवेशन प्रचार–प्रसार समिति संयोजक नृपबहादुर सुनारले बताए ।

‘विप्लव माओवादीले गरेको बन्दका कारण मतदाताहरु निर्वाचन स्थल आउन सकेनन । त्यसैले अधिवेशन सारिएको हो’ उनले भने ‘प्रदेशकै एकमात्र धनगढी उपमहानगरपालिका, गौरिगंगा, घोडाघोडी र भजनी नगरपालिकामा मंगलबारदेखि अधिवेशन शुरु हुन सकेन ।’

उनका अनुसार अधिवेशन भएका पालिकामध्ये मोहन्याल गाउ“पालिकामा मतदान भई मत परिणाम आइसकेको छ ।

मोहन्याल गाउँपालिकामा कांग्रेसका कमलबहादुर साउँद सभापतिमा निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा प्रेम बुचामगरलाई पराजित गर्दै साउँद सभापतिमा निर्वाचित भएका हुन ।

साउँदले ७५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्दी प्रेम बुचामगर २७ मत ल्याएर पराजित भएका छन् । मोहन्याल गाउँपालिकाका अन्य पदाधिकारी पनि कमल साउँदको प्यानलबाटै निर्वाचित भएका छन् ।

लम्कीचुहा नगरपालिकामा मंगलबार नै मतदान गर्ने र आज (बुधबार) मतदान गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।

काँग्रेस नेता कमलबहादुर शाह पक्षले मंगलबार ढिलो भएका कारण आज (बुधबार) मतदान प्रक्रिया अघि बढाउनु पर्ने माग गरेको छ भने मोहनसिंह राठौर पक्षले मंगलबार नै मतदान कार्य पुरा गर्नुपर्ने अडान राखेको छ ।

लम्कीचुहा नगरपालिकामा इन्द्रबहादुर कुँवर र भक्तबहादुर चलाउने प्यानल निर्वाचनमा उत्रिएका छन् । सो नगरपालिकामा पनि नेता कमलबहादुर शाह र मोहनसिंह राठौर पक्षबीच टीम सहित प्रतिस्पर्धा भइरहेको हो ।

कमल शाह पक्षले लम्की चुहा नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष चलाउनेको नेतृत्वमा टीम प्रतिस्पर्धामा उतारेको छ । चलाउनेको नेतृत्वमा रहेको टीमबाट सचिवममा नेत्र सुनाखरी र शंकर बिष्ट प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै राठौर पक्षबाटइन्द्र कुँवरलाई सभापतिको उम्मेदवारको रुपमा अघि सारेको छ । उक्त टीमबाट सचिवमा ललित देउवा र मीनबहादुर बटाला प्रतिस्पर्धा गर्दैछन् ।

जिल्लाको कैलारी गाउँपालिकामा कृष्णबहादुर चौधरीलाई सर्वसम्मत रुपमा सभापतिमा ल्याउने प्रयास भइरहेको छ । मलाई सर्वसम्मतरुपमा सभापतिमा ल्याउन सहमति भएको छ नेता कृष्णबहादुर चौधरीले भने –कार्यसमिति पूर्णता पाएको छैन । त्यसैले घोषणा गर्न बाँकी छ ।

धनगढी उपमहानगरपालिकामा सभापतिका लागि निर्माण व्यवसायी महासंघ कैलालीका अध्यक्ष तथा नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् । उनले शिर्ष नेताहरुकै छलफलमा सोमबार उम्मेदवारी घोषणा गरेका थिए ।

उनले आफु धनगढीमा सर्वसम्मत रुपमा सभापतिमा ल्याउने बताए पनि उद्योग वाणिज्य संघका पूर्व महासचिव रुपेश स्वाँरले पनि नगर सभापतिमा दाबी गर्ने बताएका छन ।

सभापतिका दाबेदार उपाध्यायले स्वाँरले आफूलाई समर्थन गर्ने भएकाले सर्वसम्मतरुपमा सभापति बन्ने विश्वास व्यक्त गरे ।

कैलाली गोदावरी नगरपालिकामा वीरबहादुर चोखाल र विष्णु बडेलाले उम्मेदवारी घोषणा गरेका छन् । घोडाघोडीमा कालिराम चौधरी, बम बहादुर सिंह र चन्द्रु चौधरीले आकांक्षी छन् । गौरीगंगामा पहलविक्रम चन्द र मोहन साउदबिच प्रतिस्पर्धा हुनेछ ।

भजनी नगरपालिकामा टेकराज न्यौपाने र नवराज मिश्र चुनावी दौडमा छन् ।

टीकापुर नगरपालिकामा नरेन्द्रकुमार खत्री र झनक तिमिल्सिना सभापतिमा आकाक्षी देखिएका छन् । चुरे गाउँपालिकामा खगेन्द्र खडायत र हेम शाह सभापतिमा आकांक्षी रहेका छन ।

पार्टी कार्यालयका अनुसार जोशीपुर र जानकी गाउँपालिकामा सहमतीको अन्तिम प्रयास भइरहेको छ ।

हेर्नुस थप समाचार

नेपाली काँग्रेसको महाधिवेशनः कैलालीमा तयारी तीब्र

कैलालीका काँग्रेस सभापति शाहको वडामा सबै निविरोध

नेपाली काँग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन शुरु

काँग्रेसको पालिका अधिवेशन आज हुँदै

काँग्रेस १४ औं महाधिवेशन : कैलालीका पालिका अधिवेशनमा सभापतिमा को कहाँ भिड्दै

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार