नेपाली काँग्रेस महाधिवेशन : प्रदेश क्षेत्रीय अधिवेशन शुरु
धनगढी / नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीमा शुक्रबारदेखि प्रदेश क्षेत्रीय अधिवेशन शुरु भएको छ ।
शुक्रबार साँझसम्म कैलालीका १० वटा प्रदेश निर्वाचन क्षेत्र मध्ये दुई वटा निर्वाचन क्षेत्रमा सर्वसम्म रुपमा र दुई निर्वाचन क्षेत्रमा मतदान भइसकेको छ । भने बाँकी निर्वाचन क्षेत्रमा सर्वसम्मत कार्यसमिति चयन गर्ने प्रयास भइरहेको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।
कैलाली क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र ख मा बलिराम चौधरी सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश निर्वाचन क्षेत्र ख मा कमलराज चौधरीको सभापतिको नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको पार्टीको प्रचार प्रसार विभाग प्रमुख नृपबहादुर सुनारले जानकारी दिए ।
कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा ख मा सभापतिमा चार जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ५ प्रदेश ख मा सभापतिका लागि धनगढी उपमहानगरपालिकाका वडा सदस्य धर्मराज उपाध्याय, कैलाली उद्योग बाणिज्य महासंघका पूर्व महासचिव रुपेश स्वाँर, मानबहादुर चौधरी र केशव जोशीले उम्मेदवारी दर्ता गराएको प्रचार प्रसार विभाग प्रमुख सुनारले जानकारी दिए । हामीले यस क्षेत्रमा सर्वसम्मत रुपमै कार्यसमिति चयन गर्ने गरि छलफल चलिरहेको छ उनले भने– शनिबारसम्म यसबारे टुङ्गो लाग्ने छ ।
एक निर्वाचन क्षेत्रमा १६ देखि १७ जना प्रदेश प्रतिनिधी चयन गरिने छ । यस निर्वाचन क्षेत्रमा १७ जना प्रदेश प्रतिनिधी चयन हुने भएपनि २५ जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, निर्वाचन क्षेत्र १ को प्रदेश क मा रामकृष्ण चौधरी र प्रशुराम चौधरीको प्यानलले सभापतिको उम्मेदवारी दर्ता गरेका छन् । सो क्षेत्रमा सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्ने प्रयास भइरहेको जनाइएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा गोविन्द विष्ट र भीम जोशी, प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा तेजप्रकाश मल्ल र लक्ष्मण बमको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश क मा रामप्रसाद चौधरी र खोजराम चौधरीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश निर्वाचन क्षेत्र क मा काशीराम शर्मा र पदम कडेल, प्रदेश ‘ख’ मा हेमप्रकाश मल्ल र गोपाल भट्टको प्यानले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।
प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिनेछन्् । कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ ।
सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन्् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल–माथि हुनेछ ।
प्रदेश भरी एक सय ७० जना प्रदेश प्रतिनिधी चयन गरिनेमा मनोनयन दर्ताका क्रममा दुई सय बढी जनाले दर्ता गराएको प्रचार प्रसार विभाग प्रमुख सुनारले बताए ।
प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएलगत्तै मंसिर छ गते प्रतिनिधी सभा क्षेत्रमा अधिवेशन हुने छ । सो अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन धनगढीको ओम प्यालेसमा गरिने पार्टी सभापति नरनारायण शाह मनुले बताए ।
हेर्नुस थप समाचार
काँग्रेस १४ औं महाधिवेशन : कैलालीका पालिका अधिवेशनमा सभापतिमा को कहाँ भिड्दै