५ जेष्ठ २०८१, शनिबार

काँग्रेसको १४ औ महाधिवेशन : कैलालीका १३ पालिकामध्ये ११ पालिकामा जिल्ला सभापति शाहको पक्ष विजयी




धनगढी / नेपाली काँग्रेस कैलालीमा कात्तिक ३० गते भएको पालिका अधिवेशनबाट वर्तमान जिल्ला सभापति नर नारायण शाहको समूहले १३ वटा पालिकामध्ये ११ वटा पालिकामा जीत हासिल गरेको छ ।

जसअन्तर्गत शाहको प्यानलबाट धनगढी उपमहानगर पाकिकामा यज्ञराज उपाध्याय, गौरिगंगा नगरपालिकामा पहलविक्रम चन्दको पूरै समूह, लम्किचुहा नगरपलिकामा इन्द्र कुँवरको पूरै समूह, टीकापुर नगरपालिकामा नरेश खत्रीको पूरै समूह, भजनी नगरपालिकामा नवराज मिश्रको पूरै समूह, चुरेगाउँपालिकामा हेम शाहको पूरै समूह, जानकी गाउपालिकामा गणेश रेग्मीको पूरै समूह,बर्दगोरियामा कृष्ण विष्टको पूरै समूह, कैलारी गाउँपालिकामा कृष्ण चौधरी, मोहन्यालमा कमल साउदको पूरै समूह, जोशीपुरममा वसिराम चौधरी वर्तमान पार्टी सभापति नारायण शाहको समूहबाट निर्वाचित भएको काँग्रेस स्रोतले जनाएको छ ।

भने नर नारायण शाह समूहभन्दा बाहिर गोदावरी नगरपालिका वीरवहादुर चोखालको समूह र घोडाघोडी नगरपालिकामा वमवहादुर सिंहको समूहले जितेको छ ।

बुधबार भएको अधिवेशममा १३ वटापालिकामध्ये चारवटा पालिकामा सर्वसम्मतरुपमा नेतृत्व छानिएको हो ।

धनगढी उपमहानगर पालिकामा सभापतिमा सहमति भए पनि अन्य पदाधिकारी र सदस्यमा भने सहमतिको प्रयास भइरहेको छ ।

शाह कैलालीमा दोस्रो कार्यकाल सभापति छन् । उनले सुदुरपश्चिचम प्रदेशमा सभापति लड्ने बताएका छन् ।

कात्तिक २७ गते भएको पालिका अधिवेशमा पनि शाह पक्षधरका ६५ प्रतिशत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको दावी गरिएको छ ।

कैलालीमा मंसिर ३ गते हुने प्रदेश अधिवेशन, ६ गते हुने क्षेत्रीय अधिवेशन र १० गते हुने जिल्ला अधिबेशन हुने भएका छन् । ती अधिवेशनमा पनि शाहकै समूह निर्वाचित हुने अनुमान गरिएको छ ।

सभापति शाहको समूहमा पुराना र नयाँ नेताहरु क्रमश रामजनम चौधरी, रणवहादुर रावल, मोहनसिह राठौर, नारायणदत्त मिश्र, जनक चौधरी, भक्तवहादुर थापा, दिनेश जोशी, हरिश खडका, खेमराज चौधरी, नृपबहादुर वड लगायत रहेको बताइन्छ ।

हेर्नुस थप समाचार

नेपाली काँग्रेसको महाधिवेशनः कैलालीमा तयारी तीब्र

कैलालीका काँग्रेस सभापति शाहको वडामा सबै निविरोध

नेपाली काँग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन शुरु

काँग्रेसको पालिका अधिवेशन आज हुँदै

काँग्रेस १४ औं महाधिवेशन : कैलालीका पालिका अधिवेशनमा सभापतिमा को कहाँ भिड्दै

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार