१८ बैशाख २०८१, मंगलवार

एसिडिटी हुने कारण र जोगिने उपाय



हाम्रो खाना नलीको ठिक तल एउटा थैलो हुन्छ, जसलाई हामी पेट भन्छौं । यसको भित्री भित्ताको कोशिकाबाट हाइड्रोक्लोरिक एसिड उत्पन्न हुन्छ । यो पाचनको नियमित प्रक्रिया हो । यही एसिडले खाना पचाउने काम गर्छ । तर, जब पेटले आवश्यकताभन्दा बढी एसिड उत्पन्न गर्छ, हाम्रो शरीरलाई समस्या पार्छ ।
एसिडिटीको लक्षण के हो ?
छाति पोल्नु,
पेटको माथिल्ला भाग दुख्नु,
बान्ता आउलाजस्तो हुनु,
घाँटी सुक्नु,
खाना खान मन नलाग्नु,
अमिलो डकार आउनु, कब्जियतको समस्या हुनु,
सास लिन समस्या पर्नु ।

एसिडिटी हुने कारण
बिहान नास्ता नगर्नु,
लामोृ समयसम्म पेट खाली राख्नु वा एकैपटक धेरै खानु,
घिउ, तेल, मैदा तथा मसालादार खानेकुरा बढी खानु,
बढी मानसिक तनाव तथा रिस देखाउनु,
चिया, कफी, चुरोट बढी सेवन गर्नु,
खाना चाँडो खानु, राम्ररी चपाएर नखानु,
अनियमित खानपान र राम्ररी नसुत्नु,
व्यायाम र शारीरिक गतिविधिमा कमी ।

कसरी कम गर्न सकिन्छ ?
लगातार काम नगर्नुहोस्, प्रत्येक एक घण्टाको अन्तरालमा एकपटक कुर्सीबाट उठेर कम्तीमा ५ मिनेट टहलिनुस् ।
लिफ्ट प्रयोग गर्नुको बदला, सिढीको प्रयोग गर्नुस् ।
फलफूल, बिस्कुट, स्याण्डविच, जुसजस्ता खाद्यपदार्थ नास्ताको रुपमा लिनुहोस्, तारेको या भुटेको खाद्यपदार्थ प्रयोग नगर्नुस् ।
फास्टफुड या जंकफुडबाट बच्नुहोस्, बाहिरको खाना सकेसम्म नखानुहोस् ।
नियमित शारीरिक व्यायाम वा मर्निङ वाक गर्नुहोस्, कम्तीमा ३० मिनेट शारीरिक अभ्यास गर्नुहोस् ।

– स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार