१४ बैशाख २०८१, शुक्रबार

अछामको ढकारीमा कांग्रेस उम्मेदवार साउद निर्वाचित



मंगलसेन / अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस अध्यक्ष र उपाध्यक्षले जितेका छन् ।

अध्यक्षमा प्रकाशबहादुर साउद तीन हजार १८१ मत पाएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले दुई हजार ५५५ मत पाए । तेस्रो स्थानको एकीकृत समाजवादीका शेरबहादुर बुढाले एक हजार ५९० मत पाए ।

उपाध्यक्षमा पनि कांग्रेसकै नेत्रकलादेवी शाही तीन हजार १०० मत पाएर विजयी भइन। उनकी निकटतम प्रतिस्पर्धी मायादेवी बुढाले दुई हजार ५७३ मत पाइन । एकीकृत समाजवादीकी देभकला चलाउने (खत्री) ले एक हजार ५७८ मत पाइन्।

सुदूरपश्चिममा काँग्रेसले जितेका सूची सहित

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार