२३ बैशाख २०८१, आईतवार

बैतडीको शिवनाथको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी



धनगढी / बैतडीको शिवनाथ गाउँपालिको अध्यक्षमा नेपाली काँग्रेसका कर्णसिंह साउद फेरि विजयी भएका छन् ।

उनले तीन हजार १६५ मत पाए । भने उनका प्रतिद्धन्द्धी एमालेका हजारीसिंह साउद दुई हजार ८४९ मत पाएका थिए ।

उपाध्यक्षमा भने एमालेकी सकुन्तला साउद विजयी भएकी छन् । उनले दुई हजार ८७९ मत पाइन भने उनका प्रतिद्धन्द्धी माओवादीका नरेन्द्र साउदले दुई हजार ६७९ मत पाए ।

सो पालिकामा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठवन्धन रहेको थियो ।

अध्यक्ष साउद ०७४ मा पनि विजयी भएका थिए । भने ०७४ मा एमालेकी कुश्मा चन्द उपाध्यक्षमा निर्वाचित भएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार