३ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री देउवाको गन्यापधुरामा काँग्रेसका अध्यक्ष, उपाध्यक्ष र चार वडाअध्यक्ष विजयी




डडेल्धुरा / प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा अध्यक्ष, उपाध्यक्ष र चार वडाध्यक्षमा पदमा नेपाली काँग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले ३१८४ मत प्राप्त गरेर विजयी भए । उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले ३०१३ मत प्राप्त गरेर जित हासिल गरे ।

अध्यक्षका अर्का उम्मेदवार काँग्रेस विपीका सुरेन्द्रबहादुर मालीले १७०३ मत पाएका छन । भने उपाध्यक्षमा एमालेका इन्द्र महराले १७०३ मत मात्रै प्राप्त गरे । गन्यापधुरामा एमाले र विपी कांग्रेसले गठबन्धन गरेका थिए ।

गन्यापधुरा‐१ मा काँग्रेस विपीका नरेश भण्डारी विजयी भएका छन् ।

गन्यापधुराका अरु चार वडामा भने काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा नम्बर २ मा मनोज देउवा, वडा नम्बर ३ मा चक्र देउवा, वडा नम्बर –४ मा नरेन्द्र भट्ट, वडा नम्बर ५ मा काँग्रेसका सिसी रोस्यारा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार