१४ बैशाख २०८१, शुक्रबार

एमालेको किल्ला बाजुराको स्वामिकार्तिकमा काँग्रेस पहिलो पटक विजयी



मार्तडी / बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसले पहिलो पटक जीत हासिल गरेको छ ।

नेपाली काँग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार भएका भरतबहादुर रोकाया र उपाध्यक्ष पदमा उम्मेदवार भएका मैना जोशी विजयी भएका हुन ।

०४९ सालदेखि साविकका जुकोट, साप्पाटा र वाई गाविस एमाले जित्दै आएको थियो । यसपटक एमाले विभाजन भएपछि काँग्रेसले तीनवटै गाविस मिलेर बनेको स्वामिकार्तिकमा जीतेको हो ।

विजयी भएका रोकायाले दुई हजार ११ र उपाध्यक्ष विजयी भएकी मैना जोशीले एक हजार ८१० ल्याएका छन् । अध्यक्ष रोकायाका प्रतिद्धन्दी एमाले चर्तुभुज शाहीले एक हजार ७५७ मत पाएका छन् ।

यस्तै नेकपा एकिकृत समाजवादीका चिरन्जीवि शाहीले एक हजार २८२ र स्वतन्त्र उम्मेदवार विमल बहादुर शाहीले ३१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी बुढाले एक हजार ६३७, माओवादी केन्द्रका सुरेशबहादुर रोकाया एक हजार २१३ र स्वतन्त्र उम्मेदवार विरसिंह विकले ४१ मत पाए ।

२०७४ को चुनावमा अहिले विजयी भएका नेपाली काँग्रेसका दुबै उम्मेदवारले पराजय भोगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार