७ बैशाख २०८१, शुक्रबार

डोटीको बडीकेदारमा काँग्रेसका अध्यक्ष उपाध्यक्ष विजयी




डोटी/ डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छ।

गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भैरवबहादुर सावद २३४३ मतसहित विजयी भएका छन् । बोहराका निकटतम प्रतिद्वन्द्वी एमालेका चक्रबहादुर घर्तिमगरले १६८४ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीका भक्तबहादुर सावदले १४७१ मत पाए ।

सो पालिकाको उपाध्यक्षमा पनि काँग्रेसकी डम्मरीकुमारी विष्ट २४०७ मतसहित विजयी भएकी छन् । विष्टकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सपना सिराडीले २२७६ र माओवादी केन्द्रकी देवीसरादेवी घर्तिमगरले ८३२ मत प्राप्त गरिन्।

सुदूरपश्चिमका ८८ तहमध्ये अहिलेसम्म पाँचवटा पालिकाको परिणाम आएको छ । अहिलेसम्म एमाले र काँग्रेसले दुई / दुई र माओवादीले एक पालिका जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार