२२ बैशाख २०८१, शनिबार

एमाले महाधिवेशनका लागि आज कैलालीबाट ३९ जना प्रतिनिधि छानिदै



धनगढी / नेकपा (एमाले) को २०७८ मसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औ राष्टिय महाधिवेशनका लागि आज देशभर प्रतिनिधि छानिने भएका छन् ।

यसक्रममा आज शनिबार कैलाली जिल्लाबाट ३९जना प्रतिनिधि छनौट हुने भएका छन् ।

जसअनुसार क्षेत्र नम्वर १ बाट २ महिला अनिवार्य सहित ५ जना , क्षेत्र नम्बर २ बाट २ महिला अनिवार्य सहित ८ जना, क्षेत्र नम्बर ३ मा २ महिला अनिवार्य सहित ५ जना प्रतिनिधि छानिने छन ।

यस्तैगरेर क्षेत्र नम्बर ४ मा २ महिला अनिवार्य सहित ७ जना , क्षेत्र नम्बर ५ मा २ महिला अनिवार्य सहित ७ जना र दलित क्षेत्रमा २ महिला अनिवार्य सहित ७ जना महाधिवेशन प्रतिनिधि चयन हुने जिल्ला उपाध्यक्ष रणबहादुर चन्दले बताए ।

प्रतिनिधि छनौटका लागि पाँचवटै क्षेत्रमा तयारी भएको उपाध्यक्ष चन्दले बताए । उनले निर्विरोधरुपमा प्रतिनिधि छान्ने तयारी भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार