२२ बैशाख २०८१, शनिबार

अछामबाट एमालेका १४ जना प्रतिनिधि निर्विरोध



मंगलसेन / नेकपा (एमाले) को दशौ महाधिवेशनका लागि अछामका दुईवटै निर्वाचन क्षेत्रबाट १४ जना प्रतिनिधि सर्वसम्मतरुपमा छानिएका छन् ।

क्षेत्र नम्बर १ बाट कृष्णप्रसाद जैसी, हर्कबहादुर कुँवर गोविन्द, प्रकाश शाह, भरत अयडी, पूर्व माओवादीका डिवि साउद, पशुपति कुँवर, दुधकला विष्ट, रामवहादुर आउजी र राधिका भुजेल छानिएका छन् ।

यस्तै गरेर क्षेत्र नम्बर २ बाट भरत साउद, वमबहादुर विसी, यज्ञ वोगटी, शिव उपाध्याय र भीम जनाला प्रतिनिधिमा छानिएका छन् ।

प्रतिनिधि छानिएकामध्ये अधिकांश एमालेका केन्द्रीय उपाध्यक्ष डा. भीमबहादुर रावल निकटका छन् । डा. रावलको क्षेत्र नम्बर १ हो ।

क्षेत्र नम्बर १ बाट पुराना नेता कमलप्रसाद तिमिल्सेना भने प्रनिनिधिमा छानिन सकेनन् । सम्भवत उनी प्रदेश कमिटीले छान्ने पाँचजना भित्रबाट प्रतिनिधि छानिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार