२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा सौहार्दपूर्ण वातावरणमा एमाले प्रतिनिधि छानिए : अध्यक्ष थापा



धनगढी / नेकपा (एमाले) का प्रदेश अध्यक्ष कर्णवहादुर थापाले सुदूरपश्चिमका नौ जिल्लाका १६ वटै संघीय निर्वाचन क्षेत्रमा ‘अत्यन्त सौहार्दपूर्ण वातावरणमा महाधिवेशन प्रतिनिधि छानिएको बताएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने कैलाली क्षेत्र नम्बर ४ र कञ्चनपुर क्षेत्र नम्बर १ मा सहमति हुन नसकेपछि चुनावमार्फत प्रतिनिधि चयन गरिएको हो ।

अध्यक्ष थापाले निर्विवाद र अत्यन्त सौहार्दपूर्ण तरिकाले सुदूरपश्चिमबाट प्रदेशबाट प्रतिनिधि चयन भएको बताउदै–‘अब विचार र कामले एमाले एकतावद्ध छ भन्ने सन्देश प्रतिनिधि छनोटले दिएको दावी गरे ।

अध्यक्ष थापाले कैलाली २ मा बुधबार भएका गतिविधिको कुनै अर्थ नरहेको पनि बताएका थिए ।

’पार्टीको सबैभन्दा ठूलो कार्यक्रममा जाने इच्छा सायद धेरैको थियो होला । तर, पार्टीले तय गरेको विधि विधान अनुसार सबैलाई समेट्न सकिएन उनले भने ।

एमालेको राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । यहाँबाट महाधिवेशनमा जाने सम्पूर्ण प्रतिनिधिहरु आफ्नै खर्चमा जाने अध्यक्ष थापाले बताए । ‘यसपटक हामी कसैसंग चन्दा माग्दैनौं । पार्टी केन्द्रीय कार्यालयबाट पनि पैसा माग्दैनौं’, उनले भने ‘सबै आ–आफ्नो पैसा खर्च गरेर महाधिवेशनमा सहभागी हुने भन्ने प्रदेश कमिटीले निर्णय गरेको छ ।’

एक प्रसंगमा उनले उपाध्यक्ष भीम रावलको जिम्मेवारी सुदूरपश्चिममा नरहेको बताउदै उनले भनेका कुरा पार्टीका नभएर व्यक्तीगत हुने पनि बताए ।

सो अवसरमा अध्यक्ष थापाले एमालेको खाताबाट लिइएको ३० लाखमध्ये २४ लाख रुपियाँ फिर्ता आउने बचन आएको बताए । भानुभक्त जोशी, दिनेश सुवेदी र नेपबहादुर चौधरीको व्यक्तीगत खातामा सो रकम रहेछ अव फिर्ता गर्ने बताएका छन् अध्यक्ष थापाले भने ३० लाख नै फिर्ता हुनुपर्छ ।

तत्कालिन प्रदेश कार्यालयका फर्निचर पनि आफूहरुले फिर्ता ल्याएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार