२२ बैशाख २०८१, शनिबार

एमाले उपाध्यक्ष चन्द सहित १४ जना महाधिवेशन प्रतिनिधिमा निर्विरोध



धनगढी /  मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट सात जना प्रतिनिधि निर्विरोध भएका छन् ।

निर्विरोध हुनेमा जिल्ला उपाध्यक्ष रणबहादुर चन्द, धर्मराज पाठक, जीवन वम, राजेश खाती, डिल्लीराज खड्का, झुमा चौधरी र छाया थापा (सन्तोष ) छन् ।

यस्तै मजदूर क्षेत्रबाट देवबहादुर वम, कृष्णराज जोशी, कर्णबहादुर हमाल, जीतबहादुर मल्ल, कमलादेवी देवकोटा, लक्ष्मीदेवी जोशी र शोभा रावल पनि निर्विरोधरुपमा प्रतिनिधि छानिएका छन् ।

अव कैलाली क्षेत्र नम्बर १ बाट दुई महिलासहित पाँच जना, क्षेत्र नम्बर २ बाट दुई महिलासहित आठ जना, क्षेत्र नम्बर ३ मा दुई महिलासहित पाँच जना, क्षेत्र नम्बर ४ बाट दुई महिलासहित सात जना महाधिवेशन प्रतिनिधि छानिन बाँकी छन् ।

क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधि छनौटको प्रक्रिया सहमति नजिक पुगेको एमाले नेता लोकेन्द्र शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार