२१ बैशाख २०८१, शुक्रबार

लम्कीमा शैक्षिक तथा पर्यटन महोत्सव हुदै



लम्की । लम्कीचुहा नगरापालिका लम्कीमा शैक्षिक तथा पर्यटन महोत्सव २०७६ आयोजना गरिने भएको छ ।
लम्की बहुमुखी क्याम्पसको आयोजनामा आगामी फागुन ८ गतेदेखि महोत्सव शुरु हुने बुधबार लम्कीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
महोत्सव १० दिनसम्म सञ्चालन हुने र महोत्सवमा शैक्षिक तथा प्राविधिक ज्ञान सम्बन्धी प्रदर्शनी हुने क्याम्पसका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक बखत बहादुर बिष्टले बताए ।
महोत्सव सञ्चालनका लागि ५१ सदस्यीय मुल आयोजक समितिका तथा सात सदस्यीय सचिवालय गठन गरिएको छ ।
त्यस्तै, १७ वटा उपसमिति गठन गरिएका छन् । महोत्सवमा एक सय बढी ब्यापारिक, विज्ञान प्रविधि, कृषि तथा शैक्षिक सामग्रीका स्टल राखिने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार