१० श्रावण २०८१, बिहीबार

आँखा शिविर



धनगढी/ कैलालीको पहलमानपुरमा आइतबार आँखा शिविर भएको छ । सो शिविरबाट तीन सय पाँच जनाले सेवा लिएका छन ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालकोे आयोजना तथा ड्याक फाउन्डेशनको सहयोगमा संचालित आँखा शिविरमा तीन सय पाँच जनाको आँखा परिक्षण र दुई सय २१ जनाको निःशुल्क उपचार गरिएको जनाइएको छ ।
त्यस्तै, शिविरमा ८४ जना मोतिविन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण गर्न गेटा आँखा अस्पताल पठाई शल्यक्रिया समेत सुरु भएको गेटा आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले बताए । शिविरमा ११ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेको उनले बताए ।
गेटा आँखा अस्पतालले प्रत्येक वर्ष प्रदेशका ९ वटै जिल्लामा गरी ६० भन्दा बढी स्थानमा आ“खा शिविर संचालन गर्दै आइरहेको वरिष्ठ नेत्र अधिकृत भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार