२ जेष्ठ २०८१, बुधबार

बुद्धवीरको ‘बादलपारी’ सार्वजनिक



आफैमा चक्लेटी अभिनयमा अब्बल अनि सबैको मनमुटुको ढुक्ढुकी बन्न सफल मोडल हुन बुद्धवीर । जो आफ्नो छुट्टै पहिचान बनाएर नेपाली सांगीतिक आकाशका चम्किलो नक्षत्रका रूपमा परिचित बुद्धवीरको अर्को भिडियो सार्वजनिक भएको छ, बादलपारी । ठूलो पर्दामा जस्तै एकदम फरक कथावस्तु बोकेको गीत बजारमा आउँदा उनी हर्सित देखिन्छन् ।
मायाप्रेमको कथा बगेको बताउँछन् भिडियोका निर्देशक विक्रम चौहान । धिरेन्द्र बिकको प्रस्तुतिमा रहेको गीत बादलपारीमा देवी घर्ती, रधिरेन्द्र विकको आवाज, काल्पनी केसीको लयशब्द छ भने चर्चित नायिका सारिका केसी र बुद्धवीर थापाको अभिनय रहेको छ । बाशु वस्यालले छायांकन गरेको भिडियोको सम्पादन मिलन विकले गरेका छन् ।
पछिल्लो समयका व्यस्त निर्देशक चौहान भन्छन्, ‘यो गीतमा बुद्धवीर एकदम फरक अवतारमा देखिएका छन् ।’ फरन कथामा तयार गरिएकोले दर्शकको मन जित्नेमा आशावादी छन्, नायक बुद्धवीर र नायिका सारिका पनि ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार