३० आश्विन २०८३, शुक्रबार

कुबेर नेपालीको अभिनयमा ‘साक्षी राखी माया मेरो’ सार्वजनिक



काठमाडौ/ इन्जिनियर कुबेर नेपालीको अभिनय रहेको प्रेमगीत ‘साक्षी राखी माया मेरो’ सार्वजनिक भएको छ। सुजाता केसी र सविन सुवेदीको स्वरमा सजिएको गीतको म्युजिक भिडियोमा नेपालीसँगै कलाकार तथा मोडल झरना रिसाललाई देख्न सकिन्छ।

गजेन्द्र रञ्जितको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको गीतको भिडियोमा नेपाली र रिसाललाई प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ। कर्णाली क्षेत्रका मनोरम प्राकृतिक दृश्यमा छायांकन गरिएको भिडियोले प्रेम, आत्मीयता र भावनात्मक सम्बन्धलाई प्रकृतिको सुन्दरतासँग जोड्ने प्रयास गरेको छ।

एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक गरिएको भिडियोमा कुबेर नेपाली र झरना रिसालको अभिनयमार्फत प्रेमकथालाई प्रस्तुत गरिएको छ। कर्णालीका रमणीय भू–दृश्य, प्राकृतिक वातावरण र प्रेमिल दृश्यले भिडियोको आकर्षण बढाएका छन्।

नेपाल सरकारका सहसचिव नेपाली हुलाकी राजमार्ग योजना प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्। सरकारी जिम्मेवारीमा सक्रिय नेपाली यस गीतमार्फत सांगीतिक तथा सिर्जनात्मक क्षेत्रमा पनि प्रस्तुत भएका छन्।

कर्णालीको प्राकृतिक सौन्दर्यलाई प्रेमकथाको पृष्ठभूमि बनाइएको ‘साक्षी राखी माया मेरो’ मा शब्द, संगीत, स्वर र दृश्यको संयोजनमार्फत प्रेमको अनुभूति अभिव्यक्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार