२ जेष्ठ २०८१, बुधबार

चौथो श्रीमतीको रुपमा शिल्पालाई भित्राउँदै छविराज ओझा



चल्तीकी नायिका शिल्पा पोखरेल जीवन र करियरको नयाँ मोडमा आइपुगेकी छन् । छविराज ओझाको लगानीमा बनेको चलचित्र ‘लज्जा’बाट रजतपट डेब्यु गरेकी उनी छविसँगै विवाह गर्ने निर्णयमा पुगेकी छन् ।
छवि क्याम्पबाट नायिका रेखा थापालाई रिप्लेस गरेकी शिल्पा र छविबीचको सम्बन्धको चर्चा सुरुदेखि नै भएको हो ।
‘अब एक वर्षभित्रमा हाम्रो विवाह हुन्छ’, शिल्पाले भनिन्, ‘बुवाआमालाई बल्लबल्ल मनाएँ । तीनतीन वटा घर बिग्रेको मान्छे, उमेर पनि मिल्दैन । जीवन के होला भनेर सुरुमा चिन्ता लिनुभयो । तर उहाँको वास्तविकता बुझाएपछि मान्नुभयो ।’
छविको धेरै कुराबाट उनी प्रभावित छिन् । ‘राम्रा र नराम्रा पक्ष छलंग देखाइदिनुहुन्छ, गाइड गर्नुहुन्छ’, उनले भनिन्, ‘गाली पनि गर्नुहुन्छ त्यसबाट कमी, कमजोरी सुधार्ने मौका पाइन्छ ।’

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार