२ जेष्ठ २०८१, बुधबार

परिणितीलाई दिएनन् दर्शकले साथ



नायिका परिणिती चोपडा निरन्तर चलचित्र असफल भएपछि लामो समय खाली बसिन् । दर्शकले नरुचाएपछि उनले आफ्नो तौल घटाइन् । परिणितीको फिगरको खुबै चर्चा भयो ।
लामो ग्यापपछि परिणती अभिनित चलचित्र ‘मेरी प्यारी बिन्दु’ रिलिज भयो । शुक्रबारबाट रिलिज भएको यो चलचित्रबाट उनले फेरि सफलताको झण्डा गाड्ने विश्वास थियो । तर, उनले सोचे जस्तो भएन ।
३ साता अगाडि रिलिज भएको चलचित्र ‘बाहुवली २’ले परिणितीको चलचित्रलाई असर गर्‍यो । यो चलचित्रले विकेन्डमा जम्मा ६.५० करोड मात्र व्यापार गरेको छ ।
आयुष्मान खुराना र परिणितीको मुख्य भूमिका रहेको चलचित्र नचलेपछि यशराज ब्यानरले अर्को असफल चलचित्र दिएको छ । यतिमात्र होइन, केही वर्ष ग्याप बस्दा दर्शकले हेर्न आउँछन् भन्ने परिणितीको सोचले पनि काम गरेन । अब, उनलाई तिहारमा रिलिज हुने चलचित्र ‘गोलमाल एगेन’कै आशा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार