१ जेष्ठ २०८१, मंगलवार

‘प्रभाससँग फिल्म खेल्न चाहन्छु’



यति बेला जति ‘बाहुबली’ को चर्चा छ, सँगसँगै सोही भूमिकामा अभिनय गरेका प्रभासको पनि छ । ‘बाहुबली २’ रिलिजपछि त उनलाई छ हजारभन्दा बढी युवतीका प्रेम प्रस्ताव नै आइसकेको छ । प्रभासबाट लट्ठिनेमा बलिउडकी हटकेक आलिया भट्ट पनि परेकी छन् । आलियाले प्रभासलाई प्रेम प्रस्तावै राखेकी त हैनन्, तर सँगै फिल्म खेल्न भने चाहना राखेकी छन् ।
आलियाले हालै ‘बाहुबली २’ हेरेपछि निर्देशक एसएस राजामौलीको कामको मुक्तकण्ठले तारिफ गरेकी छन्, त्यसका लिड एक्टर प्रभाससँग पनि काम गर्न चाहेको उल्लेख गरेकी छन् । फिल्मबारे आलियाले ट्वीटमा भनेकी छन्, ‘यति भीमकाय फिल्मका लागि पक्कै पनि नयाँ शब्दको जरुरी पर्ला ।’ उनले त्यसका लागि ‘रक–बस्टर’ शब्द समेत प्रस्ताव गर्दै सोही ट्वीटमा लेखेकी छन्, ‘मन पर्‍यो । यो फिल्म त महाकाव्य नै हो भन्दा हुन्छ ।’
लगत्तै उनले प्रभासलाई आफ्नो फेभरेट साउथ इन्डियन एक्टर भनी टिप्पणी गरेकी थिइन् । त्यसो भए के उनी प्रभाससँग स्क्रिन सेयर गर्न चाहन्छिन् त रु ‘किन नचाहनु रु’ उनले रत्तीभर ढिला नगरी लेखेकी थिइन् ।
ट्वीटरबाट आलियाको चाहना सार्वजनिक भएपछि भने प्रभासका फ्यानले समेत आलियासँगको जोडीका रूपमा प्रभासलाई हेर्न चाहेको उल्लेख गरेका छन् । नगरून् पनि किन रु आलियाले आफूलाई ‘हाइवे’ देखि ‘उडता पन्जाब’ सम्म आइपुग्दा उमेरमा कच्चा भए पनि अभिनयमा पक्का रहेको प्रमाणित गरेर देखाइसकेकी छन् । तर के ‘बाहुबली २’ का लागि नै १ सय ५० किलोको भीमकाय बनाएका प्रभासको अपोजिटमा सानो कदकी आलियाको केमेस्ट्री जम्ला त ? – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार