२ जेष्ठ २०८१, बुधबार

मतदानपछि प्रियंकाको आग्रह- ‘केही हुँदैन भनेर मौन नबसौ, भोट हालौ’



अहिलेकी नम्बर १ नायिका प्रियंका कार्कीले स्थानीय निर्वाचनमा मतदान गरेकी छिन् । दोश्रो संविधान सभाको निर्वाचनमा उनले पहिलो पटक मतदान गरेकी थिइन् । स्थानीय तहको निर्वाचनमा दोश्रो पटक मतदान गरेपछि उनी उत्साहित देखिइन् ।
कार्कीले मतदान गरेपछि भनिन्- ‘बारम्बार मतदान गरेपनि जनताले देखाएको विश्वास राजनीतिक दलका नेताले पुरा गर्न सकेनन् ।’
दलका नेताहरू राजनीतिक रुपमा सफल हुन नसकेको उनको भनाइ थियो । तर, यसो भनेर मतदान नै नगरी बस्न भने नहुने उनले तर्क गरिन् । उनले भनिन्– ‘मैले धेरै यूवाहरु जति भोट हालेपनि केही हुने होइन भन्दै मतदानमा नै भाग नलिने गरेको देखेकी छु । तर, यसो भनेर आफ्नो अधिकारबाट टाढा भाग्नु हुँदैन ।’
अहिले त यूवाहरु समेत राजनीतिमा आएको भन्दै सबैलाई मतदान प्रक्रियामा भाग लिन नायिका कार्कीले आग्रह गरिन् । उनले ज्ञानेश्वरमा रहेको मतदान स्थलबाट मतदान गरेकी थिइन् । तपाइले मतदान गरेका उम्मेदवारले जित्छन् त भन्ने प्रश्नमा उनले भनिन्– ‘त्यो त कसरी भन्न सकिन्छ र ?’

(अनलाइनखबर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार