१७ बैशाख २०८१, सोमबार

मतदान गर्दै हमालले भने- ‘सरकार तपाई हाम्रै हातमा छ’



नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमालले स्थानीय निकायको निर्वाचनमा मतदान गरेका छन् । उनले, लैनचौरस्थित कन्या हाइ स्कुलमा रहेको मतदान स्थलमा गएर मतदान गरेका हुन् ।
मतदान गरेपछि संचारकर्मीसँग कुरा गर्दै नायक हमालले जनताले आफ्नो शक्ति देखाउने समय आएको भन्दै विवेक प्रयोग गरेर मतदान गर्न सबैलाई आग्रह गरे । उनले भने- ‘छोटो समयका लागि जनताको हातमा पावर छ । अहिले पनि हामीले बिबेक पुर्‍याएनौ भने फेरि पछि पछुताउनु पर्छ ।’
हमालले २० वर्ष अगाडि स्थानिय निकायको निर्वाचनमा मतदान गर्दाको अवस्था र अहिलेको अवस्था फरक भएको बताए । उनले अगाडि भने- ‘हामीले जसलाई चुन्छौ, उही नै पदमा पुग्ने हो । २० वर्ष अगाडि र अहिले अवस्था र मनस्थिति बदलिएको छ । यसैले, सबैलाई एकदमै बिबेक पुर्‍याएर सही मानिस चुन्न आग्रह गर्दछु ।’ (अनलाइन खबर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार