१७ बैशाख २०८१, सोमबार

साहरुखले भने– ‘म संसारकै सर्वश्रेष्ठ प्रेमी हुँ’



‘प्रेमले नै तपाईलाई चलायमान बनाउाछ र बेकामी हुनबाट बचाउँछ ।’ नायक साहरुख खानले क्यानडमा ‘टेड टक शो’मा सहभागी हुँदै भने । १७ मिनेटको सम्बोधनमा उनले प्रेमकै विषयमा धेरै समय खर्चिए ।’ विच विचमा उनले आफूले जीवनमा भोगेका केही अविस्मरणीय घटना प्रस्तुत गरे ।
क्यानडाको वेलकुवर कनेक्सन सेन्टरमा भएको कार्यक्रमको भिडियो समेत सार्वजनिक भएको छ । सोही कार्यक्रममा शाहरुखले दिएको अभिव्यक्तिको केही अंश यस्तो छ ।
म ५१ वर्षिय फिल्मस्टार हुँ । मेलै अहिलेसम्म ‘बोटाक्स’को प्रयोग गरको छैन । तपाईले देख्नुहुन्छ । म अहिले पनि २१ वर्षको ठिटो स्टाइलले हिड्छु । म सपना बेच्छु र लाखौं भारतीय दर्शकको प्रेम पाउँछु । तर, तपाइहरूलाई थाह छ कि छैन म दुनियाको सर्वश्रेष्ठ प्रेमी हुँ ।’
जब बुबाको निधन भयो
जब मेरो बुबाको निधन भयो । म १४ वर्षको थिएँ । मैले मेरो बुबाको लासलाई गाडीको पछाडि सिटमा राखें । आमा मेरो साथमा हुनुहुन्थ्यो । मैले गाडी हाँकेर अस्पतालबाट बाहिरिएँ । मेरी आमाले रुदै रुदै सोध्नु भयो– ‘छोरा तैले गाडी चलाउन कहिले सिकिस् ? मैले भने ‘भर्खर ।’ – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार