१७ बैशाख २०८१, सोमबार

प्रियंकाले टेगोरको प्रेमकथामा फिल्म बनाउने



बलिउड नायिका प्रियंका चोपडाले नोबेल पुरस्कार विजेता साहित्यकार रविन्द्रनाथ टेगोरमाथि चलचित्र बनाउने भएकी छन् । ‘नलिनी’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेकी प्रियंकाले यो चलचित्र बंगाली र मराठी भाषामा हुने बताइन् । चलचित्रको निर्देशन नेशनल अवार्ड बिजेता उज्ज्वल चटर्जीले गर्ने भएका छन् ।
निर्देशक चटर्जीको भनाई अनुसार यो एउटा आदर्शवादी प्रेमकथामा आधारित चलचित्र हुनेछ । चलचित्रको कथा चटर्जीकी श्रीमति सागरिकाले लेखेकी छिन् । अहिले चलचित्रको लागि कलाकार छान्ने काम भइरहेको छ ।
यो चलचित्रमा नोबेल पुरस्कार बिजेता रविन्द्रनाथ टेगोरको रियल लाइफ र रोमान्स प्रस्तुत गरिने भएको छ । टेगोर १७ वर्षको हुँदा डाक्टर आत्माराम पाण्डुरंगको मुम्बई स्थित घरमा बस्थे । सोही वेला डाक्टरको २० वर्षको छोरी अन्नपुर्णासँग उनको प्रेम भएको थियो । अंग्रेजी पढ्ने क्रममा टेगोरले अअन्नपुर्णासँग प्रेम गरेका थिए भने उनको नाम ‘नलिनी’ राखिदिएका थिए । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार