१७ बैशाख २०८१, सोमबार

मनिषाको लोभलाग्दो कमब्याक



बलिउड चलचित्रमा कुनै समय जर्बजस्त पकड जमाएकी नायिका मनिषा कोइरालाको चर्चा अहिले कम हुने गरेको छ । बलिउडका सुपरस्टारहरुसँग काम गरिसकेकी मनिषालाई क्यान्सर भएपछि उनी केही वर्ष ग्ल्यामर दुनियाँबाट टाढा भइन् ।
अब, उनै मनिषा एक रोचक कथामा बनेको चलचित्रबाट बलिउडमा कमब्याक गर्दैछिन् । मनिषाले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘डियर माया’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा मनिषा एक पाको महिलाको भूमिकामा देखिएकी छिन् ।
यो चलचित्रमा सिमलामा हुर्किएका दुई किशोरी र मायादेवीको कथालाई उठान गरिएको छ । सिमलामा रहेकी मायादेवीलाई एक झुटो लभ लेटरले कसरी चलबलाउन वाध्य बनाउँछ भन्ने कथा यो चलचित्रमा समावेश गरिएको छ ।

हेर्नुहोस् ‘डियर माया’को ट्रेलर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार