१७ बैशाख २०८१, सोमबार

बाहुबली प्रभासलाई ६ हजार केटीबाट बिहेको अफर !



यतिबेला सिंगो भारत बाहुबली(२ को रंगमा रंगिएको छ । र, यस फिल्मबाट सबैभन्दा बढि चर्चामा छन् मुख्य अभिनेता प्रभास ।
प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रुपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि ब्यापक बन्दै गएको छ । सुन्दर अनुहार, गडिलो शरीर र प्रतिभाका कारण उनको फ्यान फलोइङ बढि हुनु स्वभाविकै हो । उनका फ्यान धेरैजसो केटीहरु छन् ।
प्रभास अहिलेसम्म सिंगल छन् । उनलाई ‘मोस्ट इलिजेबल ब्याचलर’ मान्न थालिएको छ । यसैबीच प्रभासको विषयमा एउटा रोचक खबर सार्वजनिक भएको छ ।
खबरअनुसार बाहुबली २ को सुटिङ गरिरहँदा उनलाई ६ हजार जनाबाट विवाहको प्रस्ताव आएका थिए । तर, उनले सबै प्रस्ताव अस्वीकार गरे । प्रभास केवल आफ्नो करिअरमा फोकस हुन चाहन्थे ।
प्रभासले आफ्नो फिल्म र निर्देशक एसएस राजामौलीसँग गरेको वाचा निभाउनका लागि अरु कुरामा ध्यान नै दिएनन् । यहाँसम्म कि चार वर्षसम्म उनले एउटा विज्ञापनसमेत साइन गरेनन् । यही कारणले बीचमा उनलाई पैसाको अभाव पनि भएको थियो । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार