२२ बैशाख २०८१, शनिबार

बच्चालाई कहिल्यै भन्न नहुने ८ कुराहरु



हामी बच्चासँग बिभिन्न कुराहरु व्यक्त गर्दै खेलिरहेका हुन्छौँ । उनीहरुलाई हामीले राम्रा कुरा भन्ने प्रयास गरिरहेका हुन्छौँ । तर हामीलाई यो थाहा हुँदैन् कि, हामीले राम्रा भनेर बच्चालाई सुनाएका कुराहरु बालबालिको आत्मविश्वास कमजोर हुन्छ ।
बच्चालाई जहिले पनि हाँसी खुसी राख्ने प्रयास गर्नुहोस् । कुनै कारण बच रिसायो भने फकाउनको लागि बिभिन्न उपाय अपनाउनुस् । दिक्क लाग्यो भन्दैमा बच्चासँग रिस नपोख्नुहोस् । बच्चाले तपाईलाई सताई रहेपनि उसले जानजानी गरेको हुँदैन् । बच्चालाई व्यक्त गर्न नहुने केही महत्वपूर्ण कुराहरु हामीले तल उल्लेख गरेका छौँ ।

१। तपाईले कहिले बच्चासँग ँतिम्रो उमरेमा म धेरै परिपक्व र उत्तरदायी थिए, म बच्चा हुँदा क्षमतावान थिए, तिमी अझै यस्तो छौ ।” भनेर तुलना गर्नु भएको छ रु यदि गर्नु भएको छ भने त्यो सबैभन्दा ठूलो भूल हो । त्यस्ता कुराले बालबालिकाको आत्मविश्वास कमजोर हुने भएकाले त्यस्ता कुराहरु बच्चासँग कहिले नगर्नुहोला ।

२। बालबालिकालाई कहिल्यै पनि सजाय दिने काम नगर्नुहोला । बाल्य अवस्था सिकाई उमेर हो । बच्चाले गरेको कामले तपाईलाई गर्व नलाग्न सक्छ । साथै तपाईलाई बच्चाले गरेको काम मन नपर्न सक्छ । उनीहरुका मनका निर्णयमाथि दोष नलगाउनुहोला । एउटा तपाईले थाहा पाउनु पर्ने बिषय, अभिभावकको रुपमा तपाइको काम बच्चालाई निर्देशन दिने हो तर आफ्नो बिचार लाद्ने होइन । त्यसैले यस्तो बिषयमा ख्याल पुर्याउने गरौँ ।

३। तपाईले कहिले बच्चालाई कसैसँग तुलना गरेर अर्को बच्चा जस्तो राम्रो किन हुन्नस भन्नु भएको छ रु त्यो तपाईको सबैभन्दा ठूलो भूल हो । सबै बालबालिका जन्मदै विशेष क्षमता लिएर आउदैनन । तपाईले दाजुभाईसँग तुलना गर्नु भयो भने पछि दाजुभाईभीच नै विश्वासको खाडल बन्न पुग्न सक्छ । तपाईप्रति समेत बच्चाहरुले नकारात्मक धारणा राख्छन् ।

४। कहिलेकाही बालबालिकाको हट गर्ने तथा लगायतका व्यवहारले अभिभावकले बच्चबाट टाढा बस्न पाय हुन्थ्यो भन्ने गर्छन् । बच्चा प्रति रिस पोख्दै एक्लै छोडिदिन्छु भन्ने गरेका हुन्छ् । तर त्यस्तो व्यवहारले बच्चाले आफूलाई अपमानित गरेको महशुस गर्छन र बिस्तारै डिप्रेसनको शिकार हुन्छन् ।

५। श्रीमान श्रीमतीबीच कहिले काँही मनमुटाब अथवा झगडा भयो भने बच्चामाथि अनाहकका रिस पोख्ने गरेको पाईन्छ । बच्चालाई अपमान महशुस हुने गरी तिमी त आफ्नै आमा अथवा बुवा जस्तो भने गाली गर्ने गरेको पाईन्छ । तयसले गर्दा बच्चालाई ठूलो असर पर्न सक्छ ।

६। अबोध बाबालिकाले कहिले केही बिगारेमा अभिाभावकले बच्चालाई मैँले मलाई साह्रै दुःख दिईस भन्ने गरेको पाईन्छ । बच्चाको बानीलाई लिएर अत्यधिक आलोचना गर्नु भयो भने बच्चाले अपराध बोध गर्न सक्छ ।

७। तपाईले सुन्नु भएकै होला कुनै अभिभावकले आफ्नो बच्चालाई तिमी जस्तो बच्चा हुनुभन्दा त निसन्तान हुन बेस भनिरहेका हुन्छन् । त्यस्तो रिस र आवेगको कारण बालबालिकामा गम्भीर अशर गर्छ । त्यस्तो भन्दा बालबालिकालाई मानसिक रुपमा चोट पुग्छ ।

८। साथी बनाउदा बयस्क मानिसले त सोच्दैन भने बालबालिकाले सोचेर साथी बनाउलान भन्ने कुरै हुँदैन् । खराब साथीको संगत आजैबाट छोडदउ भनेर कहिले नभन्नुहोस् । खराब साथीसँगको संगत भईरहेको छ भने छुटाउने अन्य उपाय खोज्नुस् । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार