१७ बैशाख २०८१, सोमबार

सुपरहिट फिल्म ‘बाहुबली-२’ का कुन कलाकारको कति तलब ?



विश्व फिल्मी बजारमा धमाकेदार कारोबार गरिरहेको बलिउडको सबैभन्दा महंगो फिल्म ‘बाहुबली–२’ का प्रमुख कलाकारको पारिश्रमिक सूची सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका मेन हिरो प्रभासले २५ करोड पारिश्रमिक लिएर बलिउडमै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता छन् । यो पारिश्रमिकबाट प्रभासले बलिउडमा नयाँ रेकर्ड बनाएका हुन् ।
यस्तै फिल्मका निर्देशक एस एस राजामाओलीले सबैभन्दा बढी २८ करोड पारिश्रमिक लिएर निर्देशन क्षेत्रमा नयाँ रेकर्ड कायम गरेका छन् ।
फिल्मका खलनायक राणा डग्गुबती (भल्लालदेव)ले १५ करोड, प्रमुख अभिनेत्री अनुष्का सेट्टीले ५ करोड पारिश्रमिक लिएकी छन् । त्यस्तै, सहायक भुमिकामा रहेकी अर्की अभिनेत्री तमन्ना भाटियाले पनि ५ करोड पारिश्रमिक प्राप्त गरेकी छन् ।

प्रमुख ७ कलाकारमध्ये कसको तलब कति ?
१) सत्यराज (कटप्पा): २ करोड
२) रामाया कृष्ण (राजमाता शिवांमी): २.५ करोड
३) अनुष्का सेट्टी (राजकुमारी देवसेना): ५ करोड
४) तमन्ना भाटिया (अभन्टीका): ५ करोड
५) राणा डग्गुबती (भल्लालदेव): १५ करोड
६) प्रभास (अर्वेन्द्र बाहुबली): २५ करोड
७) एस एस राजामाओली (फिल्म निर्देशक): २८ करोड

(दैनिक नेपाल)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार