५ जेष्ठ २०८१, शनिबार

आशा अस्पताल सञ्चालनमा



धनगढी । डेढ दशकदेखि मेडिकल हलबाट स्वाथ्य सेवा प्रदान गर्दै आएको आशा मेडिकलले शनिबारदेखि सुविधासम्पन्न अस्पतालको रुपमा सेवा विस्तार गरेको छ ।
धनगढी–८ क्याम्पस चोकस्थित ओम आशा अस्पताल प्रालिका रुपमा आफनो सेवा विस्तार गरेको छ । अस्पतालको डाक्टर गणेशबहादुर सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्यक्रममा बरिष्ठ उद्योगी ओमप्रकाश अग्रवाल, घोडीघोडा लघुवित्त वित्तिय संस्थाका अध्यक्ष प्रभातकुमार चौधरी, थारु नागरिक समाजका अध्यक्ष दीलबहादुर चौधरी, कुन्नुनारायण चौधरी, डा. मेराज आलम अन्सारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
ओम आशा अस्पताल प्रालिका सञ्चालक समिति सचिव ताराप्रसाद चौधरीले अस्पतालले समय समयमा गाउँघरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिए । साथै उनले अस्पतालले गरिब, अतिविपन्न, पिछडा वर्गहरुको उपचारमा १० देखि २० प्रतिशत छुट दिने जानकारी दिए ।
कार्यक्रममा अस्पताल सञ्चालक भूपेन्द्र चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अस्पतालका संरक्षक जगतराम चौधरी, बुन्दीलाल चौधरी, सरोज चौधरी, पुरन चौधरी, सैतुराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार