१७ बैशाख २०८१, सोमबार

रिलिजका दिन ‘बाहुबली २’ का पाँच रेकर्ड



बलिउड फिल्म ‘बाहुबली २’ शुक्रबार भारत लगायत विभिन्न स्थानमा ठूलो तामझामका साथ रिलिज भएको छ । फिल्म रिलिज भएकै दिन भारतका अधिकांश हलमा हाउसफुल भएको खबर भारतीय मिडियाले दिएका छन् ।यो फिल्मले रिलिज हुनुभन्दा निकै अगाडि नै बलिउड फिल्मका विभिन्न रेकर्ड तोडेको थियो । ‘बाहुबली २’ ले फिल्म रिलिजको दिनसम्म पाँच रेकर्ड तोडेको छ ।

१.भारतको ९ हजार स्क्रीनमा एक्कै पटक रिलिज भएको पहिलो फिल्म बनेको छ । यसअघि आमिर खानको ‘पिके’ र ऋतिक रोशनको ‘ब्याङ ब्याङ’ ६ हजार स्क्रीनमा एक्कै पटक रिलिज भएका थिए ।
२.’बाहुबली २’ ले सबैभन्दा महंगो टिकटको रेकर्ड पनि तोडेको छ । यो २४ सय भारतीय रुपैँयामा टिकट बिक्री गर्ने पहिलो फिल्म बनेको छ ।

३.सबैभन्दा धेरै एडभान्स टिकट बुकिङको रेकर्ड पनि यही फिल्मले पाएको छ । ‘बाहुबली २’हेर्नका लागि १० लाख टिकट अग्रिम बुकिङ गरिएको बताइएको छ ।
४.बिभिन्न भाषामा डबिङ गरी रिलिज गर्नका लागि तिरेको पैसाले यो फिल्मले १३० करोड आम्दानी गरिसकेको छ । हिन्दी, तेलंगु, तामिल लगायतका भाषामा पनि यो फिल्म रिलिज गरिएको छ ।
५.’बाहुबली २’ अमेरिकाका ८ हजार स्क्रीनमा एक्कै पटक रिलिज हुने पहिलो बलिउड फिल्म पनि बनेको छ ।
राजमौलीले निर्देशन गरेको यो फिल्म निर्माणमा २ सय ७० करोड भारतीय रूयैयाँ खर्च गरिएको जनाइएको छ । बाहुबलीको सीक्वीलको रुपमा यो फिल्म बनाइएको हो ।शुक्रबारदेखि यो फिल्म नेपालका थुप्रै हलहरुमा समेत रिलिज गरिएको छ ।       – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार