१७ बैशाख २०८१, सोमबार

दर्शकलाई बोर गर्न आयो सोनाक्षीको ‘नूर’



पाकिस्तानमा बस्ने पत्रकार तथा लेखक सवा इम्तियाजद्वारा लिखित उपन्यास ‘कराँचीः यु आर किलिङ मी’ मा आधारित फिल्म हो नूर । सनहिल सिप्पीद्वारा निर्देशित यस फिल्ममा सोनाक्षी सिन्हा, कनन गिल, मनीष चौधरी लगायतका कलाकारको अभिनय छ ।
यो कथा आफ्नै धुनमा मस्न रहने पत्रकार नूर राय चौधरी (सोनाक्षी) को हो, जो मुम्बईमा बज च्लानलका लागि न्यूज रिपोर्टिङ गर्छिन् । नूरको चाख यथार्थतामा आधारित समाचारमा छ तर उनका बोस (मनीष) को आदेशमा उनले बलिउडका खबरहरु बढी कभर गर्नुपर्छ ।
कथामा मोड त्यति बेला आउँछ जब नूूरले एउटा ठुलो ठगी कान्डको रिपोर्टिङ गर्छिन् तर उनको यो स्टोरी चोरी गरेर कसैले आफ्नो नाममा बजाउँछ । त्यसपछि कथाको अन्त कसरी हुन्छ त्यो थाहा पाउन भने फिल्म नै हेर्नुपर्छ ।
फिल्मको निर्देशन, लोकेसन र क्यामरा वर्क गजब छ । तर फिल्मको कथा एकदमै फितलो लाग्छ । यसलाई रोचक ढङ्गले प्रस्तुत गर्न नसक्दा दर्शकहरूले बोर मान्नेछन् र कहिले फिल्म सकिएला भनेर प्रतीक्षा गर्छन् । फिल्मको क्लाइमेक्स त झनै बकवास छ ।
सोनाक्षी सिन्हाले राम्रो अभिनय गरेकी छिन् । अन्य कलाकारहरूको पनि अभिनय राम्रो छ । तर, फिल्मको कथा नै झुर भएपछि अभिनयले मात्रै के गर्नु । फिल्मको सङ्गीत र संवाद पक्ष भने बलियो छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार