१० श्रावण २०८१, बिहीबार

माछामासु पसलमा अनुगमन




धनगढी  ।  
धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित विभिन्न ठाउँका माछा मासुपसलबाट अवैध माछामासु जफत गरी नष्ट गरिएको छ ।
आइतबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग केन्द्रीय कार्यालयद्वारा संयुक्त रूपमा बजार अनुगमन गरी उक्त माछा मासु जफत गरेको जनाएको छ ।
अनुगमन टोलीले ५५ केजी सुंगुरको मासु, पाँच केजी ब्रोइलरको मासु र करिब ७५ केजी माछा बरामद गरी नष्ट गरेको हो ।
पसलमा बेच्नका लागि सडेगलेका माछामासु राखिएको पाईएकोले जफत गरी नष्ट गरेको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका देव राज जोशी, वाणिज्य कार्यालय कमलबहादुर पुन, धनगढी उपमहानगरपालिका कार्यालय, प्रहरी प्रशासन, जिल्ला पशुकार्यालय, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार