१० श्रावण २०८१, बिहीबार

पाँच दिने योग शिविर



बौनिया  ।  ‘योग गरौँ, निरोग बनौ’ भन्ने नाराका साथ कैलालीको घोडाघोडी नगरपालिका–३ मा सरस्वती युवा क्लबको आयोजनामा शनिवारदेखि पाँच दिने योग शिविर सञ्चालन भएको छ ।
योग शिविरको पतञ्जली योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रले उद्घाटन गरे ।
कार्यक्रममा पतंजली योग समिति कैलाली जिल्ला प्रभारी देवबहादुर मल्ल, योग प्रशिक्षक टेकराज सापकोटा, युवा प्रभारी ठम्मन बम, महामन्त्री श्रवानन्द चपाई, पुर्णबहादुर महतो, ताराप्रसाद तिमिल्सेना, टिकाराम जैसी, लोकबहादुर देउवा लगायतले प्रशिक्षण दिने जनाइएको छ ।
कार्यक्रम सरस्वती युवा क्लबका अध्यक्ष रामसुन्दर चौधरीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार