७ जेष्ठ २०८१, सोमबार

रिसर्च सेन्टर सञ्चालनमा आउने



धनगढी  ।  कैलालीको धनगढीमा धनगढी डाईग्नोसिस एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालनमा आउने भएको छ ।
स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यले धनगढीमै नमुना प्रयोगशाला सञ्चालनमा आउन लागेको बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
माईक्रो बाईयोलोजिष्टका साथै स्वास्थ्य क्षेत्रमा दशकौदेखि कार्यरत दक्ष तथा अनुभवी प्राविधिकहरू समावेश गरी प्रयोगशालालाई गुणस्तरीय, जनपक्षीय बनाउनका लागि प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको प्रालिका अध्यक्ष मुकुन्द जोशीले जानकारी दिए ।
प्रयोगशालाले जाँचहरूको गुणस्तरीय व्यवस्थापन गर्ने गराउनुका साथै सर्वसाधारणका लागि पनि स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराउने र सुधारोन्मुख बाटोमा प्रयोगशालालाई अघि बढाउने उनले बताए ।
प्रयोगशालामा मधुमेह, थाईराईड, मृगौला, मुटु, कलेजो, बाथरोग, रक्त अल्पता, रक्त क्यान्सर, सिकलसेल/थालासेमिया सम्बन्धी जाँचहरूमा ३० प्रतिशत छुट दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार