७ बैशाख २०८१, शुक्रबार

कण्डम दिवसमा विभिन्न कार्यक्रम



धनगढी । अन्तर्राष्ट्रिय कण्डम दिवस २०१७ का अवसरमा कैलालीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
कण्डम दिवसका अवसरमा धनगढीमा जिल्ला जनस्वास्थ्य कार्यालय, एएचएफ नेपालको आर्थिक सहयोगमा तथा धनगढी जेसिजको आयोजनामा हेल्थ साईन्सका विद्यार्थीहरूका लागि कण्डमको सही प्रयोग र यसको सकारात्मक रोकथाम विषयक् वक्तृत्वकता प्रतियोगिता भएको छ ।
प्रतियोगितामा भागेश्वर एकेडेमी फर हेल्थ साइन्सकी निर्मला पन्त प्रथम, नवजीवन हेल्थ साइन्सका विनोदप्रसाद जोशी दोस्रो र पद्मा नर्सिङ कलेजकी अंगिरा डंगौंरा तेस्रो भएका थिए ।
कार्यक्रमको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अशोक श्रीपाइलीले उद्घाटन गरेका थिए । कार्यक्रम धनगढी जेसिजका अध्यक्ष टेकराज पनेरुको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जेसिजका पदाधिकारी, स्वास्थ्यकर्मी, एचआईभी संक्रमित, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
यस्तै, एएचएफ नेपाल धनगढीले सेती अञ्चल अस्पतालमा रहेको
एआरटी क्लिनिकबाट औषधी लिईराखेका प्रजनन् उमेर समूहका व्यक्तिहरूको सहभागितामा कण्डमको सही प्रयोग सम्बन्धी प्रदर्शनी गरेको थियो ।
यस्तै, एएचएफ नेपालले शनिवारदेखि सोमबारसम्म नेपाल र भारत सिमाना रहेको गौरीफन्टा तथा टीकापुर क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरूलाई तीन हजारभन्दा बढी कण्डम वितरण गरेको एएफएफ नेपालका एआरटी संयोजक माधवराज पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार