१३ बैशाख २०८१, बिहीबार

इमरानले मलाई किस गरेन–लारा



बलिउड चलचित्र ‘अजहर’ मा एक्टर इमरान हासमीसँग काम गर्दै गरिरहेकी बलिउडवाला लारा दत्ताले अहिलेसम्म इमरान हासमीले उनलाई किस नगरेको बताएकी छन् । उनले भनेकी छन्, ‘म एक्ली अभिनेत्री हुँ जसलाई अनस्क्रिन इमरान हासमीले किस गरेको छैन ।’ कि यसरी भनौँ सिरियर किसर इमरानले फिल्मको कुनै पनि सिनमा किस गर्ने मौका पाएका छैनन् ।

चलचित्रको ट्रेलर लञ्चमा लाराले भनिन्, ‘इमरानसँग मैले पहिलो पटक काम गरेको हुँ, र मलाई लाग्छ कि म एक्ली अभिनेत्री हुँ, जोसँग इमरानले काम गरेका छन् तर किस गर्ने मौका पाएका छैनन् । यो भनिदिउँ कि भारतीय क्रिकेटर मोहम्मद अजहरुद्दीनको कथालाई लिएर बनेको चलचित्र ‘अजहर’ मा इमरानले अजहरुद्दीनको भूमिका निर्वाह गरेका छन् ।

यो चलचित्रमा मोहम्मद अजहरुद्दीनको करिअरको सुरुआतदेखि क्रिकेटको दुनियाँमा नामी बनेको र फिक्सिङ्को विवादमा परेको विषयवस्तुलाई कलात्मक तरिकाले देखाइने छ । चलचित्रको माध्यमद्वारा उनको करियरलाई मात्र होइन उनको व्यक्तिगत जीवनको प्रेम प्रसङ्गको बारेमा पनि देखाइने बताइएको छ ।

चलचित्रम मोहम्मद अजरुद्दीनकी पहिली श्रीमति नौरिनको भूमिकामा प्राची देसाई देखिनेछिन् । दोस्री श्रीमति सङ्गीता बिजलानीका रुपमा नरगिस फाखरी आउने छिन् । १३ मे का दिन रिलिज हुने यस चलचित्रमा लारा दत्ता बाहेक ‘बिग बोस’ विजेता गौतम गुलाटी पनि मुख्य भूमिकामा देखिनेछन् ।  – एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार