१३ पुष २०८१, शनिबार

एलपीएलः घोडाघोडी र कैलाली विजयी



कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्फन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला त्रिकेट क्लब विजयी भएका छन् ।

दिनको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्‍यो । घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६।५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो ।

लिटल फ्लावरको लागि मनिष थापाले सर्वाधिक १७ रन बनाए । कृष्ण कार्कीले १५ तथा प्रतिक श्रेष्ठ र कौशल रुपाखेतीले समान ११ रन योगदान दिए । घोडाघोडीका देब्रे हाते स्पिनर अशोक धामी एक्लैले ५ विकेट लिंदै लिटल फ्लावरको इनिंग्स धरासायी बनाए । प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा १८ रन खर्चिए । नरेश सुनारले २ तथा नभयुग बस्नेतले १र१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९।५ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो । घोडाघोडीको लागि नरेश सुनारले सर्वाधिक ३४ रन बनाए । बिपिन विक्रम शाहीले २४ तथा कृष कार्कीले २२ रन बनाए ।
लिटल फ्लावर स्कुलका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३।५ ओभरमा १७ रन खर्चिए । कप्तान कृष्ण कार्कीले ३, कौशल रुपाखेतीले २ तथा बिपिन खक्रीले १ विकेट लिए ।

दिनको दोस्रो खेलमा कैलाली जिल्ला त्रिकेट क्लबले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरलाई ३४ रनले पराजित गर्‍यो । कैलालीले दिएको १४० रनको लक्ष्य पछ्याएको खप्तडले १७।४ ओभरमा १०५ रन बनाउदा सबै विकेट गुमायो ।

खप्तडको लागि प्रकाश पाण्डेले सर्वाधिक २६, अभिषेक थापाले २० तथा अरुण रानाले १२ रन बनाए । कैलालीका बलर नरेन साउदले ४ विकेट लिए जुन क्रममा ३ ओभरमा १५ रन खर्चिए । दीपक टमाटाले २ विकेट लिंदा शेर मल्ल, दीपक रोकाया, डबल ऐर र राहुल केसीले १र१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको कैलाली जिल्ला क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो ।

कैलालीको लागि ओपनर डबल ऐरले अर्धशतकीय योगदान दिने क्रममा ओपनिंग ब्याटिंग गर्दै अविजित ५४ रन बनाए । प्लेयर अफ द म्याच समेत घोषित ऐरले ५२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। शुदांशु रावलले १९ रन बनाउदा हृदय बिठारी, दिपक टमाटा र नरेन साउदले समान १० रन बनाए । खप्तडको बलिंगमा अरुण रानाले ३ तथा रवी विस्ट र नगेन्द्र उपाध्यायले २/२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज (बिहिबार) दुई खेल हुने छन् । पहिलो खेल विहान ९ बजे युथ अफ टीकापुर र शारदा सेकेण्डरी स्कुल बीच तथा दोस्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र जेएस स्पोर्ट्स–११ सुपर स्टार्स बीच खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार