१५ श्रावण २०८३, शुक्रबार

स्केटबोडिङका खेलाडीहरुले प्रशिक्षण लिन थाइल्याण्ड प्रस्थान




काठमाडौं/ आगामी सेप्टेम्बरमा जापानको आइचि नायोगा सहरमा हुने एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीहरु विषेश प्रशिक्षण लिन थाइल्यान्डको बैंकक गएका छन् ।

रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले उनीहरुलाई बिहीबार विदाइ गरे । पूर्ण प्रशिक्षणको लागि
गजेन्द्र बर्देवा , शरदकुमार राइ , प्रशिक्षक तथा मेनेजर थाइल्यान्डको बैंकक गएका हुन ।

सो विदार्इ कार्यक्रममा नेपाल स्केटिङ तथा स्केटबोडिङ एशोशियसनका महासचिव सत्य थापा , प्रमुख प्रशिक्षक दिलिप बराल , अन्य खेलाडीहरु र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


परिषदका सदस्य सचिवले खेलाडी तथा प्रशिक्षकले उच्च मनोबल राखी , अनुशासित भएर खेल खेल्ने र रास्ट्रको गौरव बढाउने कार्यमा आफू विस्वत रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार