पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंलाई
काठमाडौं । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौंले जितेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौंले उपाधि उचालेको हो । काठमाडौंको जितका लागि खेलको २१ औं मिनेटमा मेसौके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो । मेसौकेको यो लिगको आठौं गोल हो । लिगका उनी सर्वाधिक गोलकर्ता हुन्
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना यो प्रतिस्पर्धाको विजेता काठमाडौंले ट्रफीसहित ३५ लाख रुपैयाँ पाएको छ । उपविजेता धनगढीले भने १५ लाखमा चित्त बुझाएको छ ।