८ कार्तिक २०८१, बिहीबार

राजधानी कप फुटवल शुरु



समय कम भएपछि उद्घाटन खेल बीचैमा स्थगित



धनगढी/ धनगढीमा आज शनिबारदेखि सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको एक समारोहीबीच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले उद्घाटन गरे ।


ढिलोगरी शुरु भएका कारण उद्घाटन खेल बीचैमा स्थगित गरिएको छ ।


पिएफए स्पोटर््स क्लव, अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगितामा सात प्रदेशसहित आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिता धनगढी क्षेत्रीय रंगशालामा भइरहेको छ ।


प्रतियोगिताको उद्घाटन खेल सुदूरपश्चिम रातो र कर्णाली प्रदेशबीच भए पनि वर्षा र अँध्यारोका कारण बीचैमा रोकिएको छ ।
शनिबार ढिलो गरी उद्घाटन खेल शुरु भएको थियो । खेल निर्धारित समयको १७ मिनेटअघि नै स्थगित भएको छ । सो वेलासम्म दुवै टिमले गोलरहित बराबरी खेलको थिए ।


आयोजकका अनुसार आज शनिबार बाँकी रहेको १७ मिनेटको खेल भोली (आइतबार) खेलाइने छ । भोली आइतबार मधेश प्रदेश र लुम्बिनी प्रदेश बीच अर्को खेल पनि हुने छ ।


प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पाउने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार तथा अन्य विभिन्न विधाका उत्कृष्ट खेलाडीले दश हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतियोगिताको मुख्य प्रवर्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ भने नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् सहप्रायोजक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार