३० बैशाख २०८१, आईतवार

मन्त्री प्रेम आलेमगरको जोरायलमा समाजवादी तेस्रो अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार फेरि विजयी



डोटी / डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेको पुरानौ टीम दोहोरिएको छ । अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्ष जमुनाकुमारी रोकाया फेरि दोहोरिएका हुन ।

ओझा तीन हजार ४४९ मत सिहत अध्यक्षमा निर्वाचित भएका हुन । यस्तै उपाध्यक्षमा रोकायाले तीन हजार ५९९ मत ल्याएर निर्वाचित भइन् ।

अध्यक्षका ओझाका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्टले तीन हजार ४१२ ल्याए । भने पर्यटनमन्त्री प्रेमबहादुर आलेको गृहक्षेत्र रहेको सो पालिकामा एकीकृत समाजबादीका किरण मल्लले एक हजार ६५९ मत पाएर तेस्रो भए।

उपाध्यक्षमा कांग्रेसकी चन्द्राकुमारी साउदले तीन हजार ५१७ र माओवादीकी प्रेमाकुमारी ओलीले एक हजार ३१७ मत पाएर हारे । सो पालिकामा एकीकृत समाजवादी र माओवादीले गठवन्धन गरेका थिए । काँग्रेस एक्लै जित्ने अपेक्षाले एक्लै चुनावी मैदानमा थियो ।

सुदूरपश्चिममा एमालेले जितेका पालिकाको सूची सहित

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार