३० बैशाख २०८१, आईतवार

दार्चुलाको महाकाली नगरपालिकामा एमालेको अप्रत्यासित जीत





दार्चुला / दार्चुलाको महाकाली नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारहरु अप्रत्यासितरुपमा विजयी भएका छन् ।

मेयरमा एमालेका नरसिंह चैसीरले पाँच हजार १३ मत र उपमेयरमा दुर्गा विष्टले चार हजार ६२६ मत पाएर विजयी भएका हुन ।

चैसीरसंग पराजित हुनुभएका गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार हंशराज भट्टले तीन हजार ८८७ मत प्राप्त गरे । उपमेयरमा विजयी विष्टसंग पराजित गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सुना बोहराले चार हजार १८२ मत प्राप्त गरिन ।

भट्ट ०७४ मा निर्वाचित मेयर समेत हुन । ०७४ चैसिर पराजीत हुनुभएको थियो । नेपाली कांग्रेसको गढका रुपमा चिनिएको महाकाली नगरपालिकामा विजय हासिल हुनुलाई एमालेले ठूलो उपलब्धीको मानेको छ ।

सुदूरपश्चिममा अहिलेसम्म आठवटा पालिकाको परिणाम आएको छ । तीमध्ये एमाले तथा काँग्रेसका तीन/ तीन र माओवादीका दुई छन् ।
एमालेले बझांगको साइपाल, थलारा गाउँपालिका र दार्चुलाको महाकाली नगरपालिका जितेको छ । भने काँग्रेसले बाजुराको स्वामीकार्तिक, डोटीको बडीकेदार र डडेल्धुराको गन्यापधुरा गाउपालिका जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार