३ जेष्ठ २०८१, बिहीबार

तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी बन्यो




धनगढी / तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । धनगढीमा रहेको निजि क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने भएको छ ।

देशकै सर्वाधिक धनराशीको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा पनि अग्रसर हुदैं आएको छ । बर्षेनी एसपिए महिला मेयर कप पनि आयोजना हुदैं आएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवास शाहीबीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रायोजनपछि बोल्दै एसपिएका निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए ।

लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय शाहीले आगामी दिनमा अवार्डसँग निरन्तर जोडिएर साथ दिने प्रतिबद्धता जनाए ।
अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

त्यस्तै तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ लाई केल्मीले प्रायोजन गरेको छ । खेलकुदका पोशाक र खेल सामाग्री उत्पादन गर्दै आएको केल्मी अवार्डसँग जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मञ्चका सल्लाहकार दिपक उपाध्याय र केल्मीको तर्फबाट ओलम्पीयन दिपक विष्ट बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

धनगढी निवासी ओलम्पीयन विष्टले आफ्नै गृह क्षेत्रमा भईरहेको अवार्डसँग जोडिएको बताए । उनले अवार्डलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ ।

उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार