११ श्रावण २०८१, शुक्रबार

खनाल स्विजरल्यान्डको जेनेभा प्रस्थान



धनगढी / अन्तराष्ट्रिय स्केटबोर्डिंग महासंघको १९ औं चुनाबी महासभामा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै नेपाल स्केटिंग तथा स्केटबोर्डिंग संघका अध्यक्ष अच्युत खनाल स्विजरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्।

नोभेम्बर २५ देखि २८ तारिख सम्म आयोजना हुने महासभामा नेपाल सहित विश्वका १५० भन्दा बढी देशहरुको सहभागिता रहने छ। अन्तराष्ट्रिय ओलम्पिक कमिटिको सदस्य महासंघ रहेको स्केटबोर्डिंग खेल सम्बन्धि नियमन गर्ने अन्तराष्ट्रिय खेलकुद संस्था हो।

नेपाल पनि अन्तराष्ट्रिय स्केटबोर्डिंग महासंघ पूर्ण सदस्य राष्ट्र रहेको छ। गत ओलम्पिकमा स्केटबोर्ड खेल छनोट भएपछी विश्व भरमा युवा बिद्यार्थी माझ यो खेल लोकप्रिय रहेको छ।

अन्तराष्ट्रिय स्केटबोर्डिंग महासंघको चुनाबी कार्यक्रममा नेपालका अच्युत खनाल ले समेत अंतराष्ट्रिय सदस्यका लागि उम्मेदवारी दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार