१६ चैत्र २०८०, शुक्रबार

स्वाभीमान




– गेहेन्द्र वम


माटोको सुगन्ध के थाहा जो हिजो गुलाम भएका थिए ।
हाम्रा वीर पुर्खाहरुले रगत पसिनाको कमाई दिएका थिए ।।
५० वर्ष पहिले आजाद भएकाले हामीलाई सिकाउने ।
हाम्रो इतिहास त एकपटक हेर स्वाभीमान अनि वीर गोर्खालीको झझल्को दिने ।।
आज बडे भाइ छोटे भाइको संज्ञा दिदैछ,
हामी न पाकिस्तान जस्तो न बंगलादेश जस्तो हामी त स्वाभीमानी नेपाली हो ।
तिम्रो कायरताले तिमीलाई नै गलाउछ बुझ बिस्तारवादी हो ।।
विश्वमा शक्तिशाली हुन खोज्नेले छाती पनि चौडा बनाउन जान्नुपर्छ ।
हामी स्वाभीमानीको अगाडि तिम्रो थोत्रो शक्ति लाचार हुन पुग्छ ।।
हिजो पनि धम्क्याएकै थियौ आज पनि धम्क्याउदै छौ ।
तिम्रो नाथे धम्कीले हाम्रो स्वाभीमान राष्टियता झन बलियो बनाउदै छौ ।।
याद गर
तिम्रो थोत्रो आडम्बरले तिमी को हौ भनेर बिश्वले नै जानेको छ ।
हाम्रो उच्च स्वाभीमान अनि पुर्खाको आर्दशलाई विश्वले नै मानेको छ ।।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार