१३ बैशाख २०८१, बिहीबार

सात किलो चरेशसहित चार पक्राउ



धनगढी/ नेपाल प्रहरीले सात किलोग्राम चरेश सहित चारजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को संयुक्त टोलीले विशेष सूचनाका आधारमा बिहीबार बिहान कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा कोठामा लुकाएर राखेको अवस्थामा सात किलो चरेश सहित चारजनालाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले दार्चुला मार्मा गाउ“पालिका वडा नम्वर १ घर भई हाल कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय जसमलसिंह ठगुन्ना, मार्मा गाउ“पालिका वडा नम्वर १ का २७ वर्षीय जिवनसिह ठगुन्ना र २५ वर्षीय उकिलसिंह ठगुन्ना र अपीहिमाल गाउ“पालिका वडा नम्वर ४ का २४ वर्षीय हिक्मतसिह धामीलाई चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जसमलसिंहको कोठामा रहेको काठको खाटमुनि झोलामा लुकाई राखेको अवस्थामा चरेश बरामद भएको बताए ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर अनुसन्धान भइरहेको छ । अनुसन्धान पश्चात् उनीहरूलाई सरकारी वकील कार्यालय मार्फत अदालतमा मुद्दा दायर गर्ने प्रबक्ता बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार